देशमा आमूल परिवर्तनको खाँचो छ, नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ : नारायणमान बिजुक्छे « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देशमा आमूल परिवर्तनको खाँचो छ, नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ : नारायणमान बिजुक्छे


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गरेका छन् ।

देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि स्वच्छ रूपमा राजनीति गर्न युवा आउनुपर्नेमा जोड दिए । 

भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष बिजुक्छेले भने, “नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ, व्यक्तिगत स्वार्थलाई त्याग्दै इमानदारीपूर्वक देश र जनताका लागि समर्पित हुने भावनाले नयाँ पुस्ता अब राजनीतिमा आउनै पर्छ ।” 

उनले देश परिवर्तनका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेको पनि औँल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस