गोसाईंकुण्ड मेलालाई लक्षित गरेर खाद्य सामग्री ढुवानी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गोसाईंकुण्ड मेलालाई लक्षित गरेर खाद्य सामग्री ढुवानी


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । पवित्र तीर्थस्थल गोसाईंकुण्ड आउने यात्रुका लागि  भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । 

भक्तजनको आगमन सुरु भएसँगै धुन्चे तथा स्याफ्रु बेँसी बजारबाट दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट तथा दैनिक उपभोग्य वस्तु ढुवानी गरिएको हो ।

यही साउन २३ गतेदेखि २७ गते जनै पूर्णिमासम्म लाग्ने विशेष मेलामा झण्डै १५ हजार भक्तजनको आगमन हुने गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । लक्षित यात्रुलाई भोजन गराउन पुग्ने यथेष्ट खाद्य सामग्री ढुवानी गरिएको होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए ।

काठमाडौँबाट धुन्चेसम्म सडक मार्ग प्रयोग गरेपछि पैदलयात्रा सुरु हुने गोसाईंकुण्ड तीर्थ जाँदा धुन्चे, देउराली, चन्दनबारी, लौरीविनायक तथा गोसाइँकुण्डमा खान र बस्न समस्या नहुने होटेल व्यवसायी सङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस