उद्योगीहरूले लगानी विस्तार गरेमात्र मधेस प्रदेश समृद्ध बन्छ : मुख्यमन्त्री राउत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उद्योगीहरूले लगानी विस्तार गरेमात्र मधेस प्रदेश समृद्ध बन्छ : मुख्यमन्त्री राउत


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगीहरूले लगानी विस्तार गरेको खण्डमा मात्रै मधेस प्रदेश समृद्ध र विकसित बन्न सक्ने बताएका छन् । 

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको ‘औद्योगिक सम्मेलन’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशमा लगानी गर्ने व्यक्तिलाई कुनै किसिमले हतोत्साहित गर्ने, अप्ठ्यारोमा पार्ने काम गर्न नहुने टिप्पणी गरेका छन् । 

मधेस प्रदेश अर्थ मन्त्रालय सँगै आधा दर्जन अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाहरूको आर्थिक सहयोगमा सुरु भएको औद्योगिक सम्मेलन सोमवारदेखि बारामा सुरु भएको हो । 

सञ्चारकर्मीहरूलाई समेत जानकारी नदिई गोप्य रूपमा सुरु भएको सम्मेलनमा मुख्य मन्त्री राउतसँगै उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह लगायत सचिवहरू र उद्योगीहरूको उपस्थिति रहेको थियो । 

औद्योगिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले ऐन कानुनमा सुधार गरेर मधेस प्रदेशमा उद्योग स्थापना गर्ने वातावरण प्रदेश सरकारले तयार गर्न भएको प्रतिबद्धता जनाएका छन् । 

उद्योग प्रवर्द्धनको लागि मधेस प्रदेशमा गरिएको सुधारका प्रयासहरू विषयमा कार्यक्रममा प्रदेश सरकारले ठुला उद्योगीहरूसँग सुझाव माग गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस