प्रधानमन्त्रीलाई खेलकुद मन्त्री गहतराजले भने –‘हर्क साम्पाङबाट सिकौँ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीलाई खेलकुद मन्त्री गहतराजले भने –‘हर्क साम्पाङबाट सिकौँ’


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज(अथक)ले विकास गर्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई९हर्क साम्पाङ०बाट सिक्नु पर्ने बताएका छन् ।

मन्त्री तथा सचिवहरूलाई निर्देशन दिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री गहतराजले स्थानीय मात्रै होइन, सङ्घीय सरकारले पनि हर्क साम्पाङको जनश्रमदान नीति अङ्गाल्नु पर्ने बताएका हुन् ।

‘हामीले हर्क साम्पाङसँग सिकौँ, जनपरिचालन गरेर काम गरौँ’ मन्त्री गहतराजले भने, ‘धरानको मेयरसँग नेपाल सरकारले सिक्ने कुरा धेरै छन्’

बजेट तथा कार्य योजना प्रभावकारी रूपमा कार्यान्वयनको अवस्थाबारे जानकारी लिन तथा आवश्यक निर्देशन दिनका लागि आयोजित गरेको कार्यक्रममा सङ्घीय सरकारका मन्त्रीले स्थानीय तहका प्रमुखले गरेको कार्यको खुलेरै प्रशंसा गरेका छन्

Tags :
प्रतिक्रिया दिनुहोस