बाढीका कारण ३७ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाढीका कारण ३७ जनाको मृत्यु


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ ।

बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गभर्नर एन्डी विसियरले पुष्टि गरेका छन् । बाढीमा अझै केही हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युत् विहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ । बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस