१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत छन् ।

सिनामंगल स्थित होटेलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । 

बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस