लुटपाटमा संलग्न दुई भारतीय पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लुटपाटमा संलग्न दुई भारतीय पक्राउ


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई  ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् । 

विसं २०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए । केक खाएपछि परिवारका सबै जना बेहोस भएपछि उनीहरूले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए ।

सोमबार लुटपाटमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस