अर्थ सचिव मरासिनी आज पनि मन्त्रालयमा अनुपस्थित  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थ सचिव मरासिनी आज पनि मन्त्रालयमा अनुपस्थित 


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजिर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी बिदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन ।

शर्मा आइतबार अर्थमन्त्रीका रूपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए ।

बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति संलग्न गराएको आरोपमा संसदीय छानबिन हुने भएपछि अर्थमन्त्रीले राजीनामा दिने दिनमा मरासिनी पारिवारिक समस्या देखाएर अनिश्चितकाका लागि बिदामा बसेका थिए । शर्माले राजीनामा दिएको भोलिपल्टै सचिव मरासिनी बिदा सकेर मन्त्रालयमा हाजिर भएका थिए ।

मन्त्रीको अनुपस्थितिमा अर्थ मन्त्रालयमा नेतृत्व सम्हालेका मरासिनीले यतिन्जेल सक्रियतापूर्वक काम गरेका थिए । तर, आइतबार जनार्दन शर्मा अर्थमन्त्रीका रूपमा दोस्रो पटक नियुक्त हुने दिन भने उनी अनुपस्थित रहेका छन् । 

स्रोतका अनुसार सचिव मरासिनी अहिले पोखरा पुगेका छन् । उनले निकट सहसचिहरुसँग एक विदेशी दाताको कार्यक्रम रहेको र पारिवारिक जमघट पनि रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस