कर्मचारीद्वारा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीद्वारा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका मागलाई सम्बोधन गरिनुपर्ने भन्दै सोमबार बिहान नायब सुब्बा बचाऊ अभियानको पहलमा कर्मचारीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् ।

सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिइएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताएका उनीहरूले सङ्घ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने माग राखेका छन् ।

शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्नेसमेत उनीहरूको माग रहेको छ ।

सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनङ्कित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने, सरुवालाई चक्रीय प्रणालीमा लैजानु पर्ने तथा पूर्वानुमानयोग्य हुनुपर्ने जस्ता प्रावधान ऐनमा समावेश गर्नुपर्ने उनीहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस