रिक्त शिक्षकको विवरण सात दिनभित्र पठाउन निर्देशन « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

रिक्त शिक्षकको विवरण सात दिनभित्र पठाउन निर्देशन


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले रिक्त शिक्षकको विवरण पठाउन निर्देशन दिएको छ।

७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले शिक्षक विवरण पठाउन ताकेता गरेको हो।

जेठ २० भित्र शिक्षक विवरण पठाउने भने पनि अधिकांश इकाइले पठाएका थिएनन्। अब सात दिनभित्र शिक्षक विवरण पठाउन भनिएको छ।

२०७९ वैशाख १ देखि चैतसम्म रिक्त हुने शिक्षकको विवरण माग भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस