जर्मनीलाई हराउँदै इंग्ल्याण्डलाई युरोकपको उपाधि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जर्मनीलाई हराउँदै इंग्ल्याण्डलाई युरोकपको उपाधि


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । जर्मनीलाई हराउँदै इंग्ल्याण्डले महिला युरोकपको उपाधि जित्न सफल भएको छ ।

वेम्ब्लेमा भएको फाइनल खेलमा २-१ को जीत हासिल गर्दै इंग्ल्याण्डले नयाँ इतिहास रच्न सफल भएको हो । इंग्ल्याण्डको महिला टोलीले जितेको यो पहिलो प्रमुख उपाधि हो ।

सब्सिटिट्युट क्लोइ केलीले अतिरिक्त समयमा गोल गर्दै टोलीलाई जीत दिलाइन् । यसअघि, एला टुनले खेलको ६२ औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन् । 

तर, ७९ औँ मिनेटमा जर्मनीकी लिना मागुलले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस