रुसको आक्रमणमा युक्रेनका सबैभन्दा धनी व्यापारीको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रुसको आक्रमणमा युक्रेनका सबैभन्दा धनी व्यापारीको मृत्यु


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा परेर युक्रेनका सबैभन्दा धनी व्यापारी श्रीमतीसहित मारिएका छन् । 

७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उनकी श्रीमती रायसाको घरमा राति मिसाइल प्रहार हुँदा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

भाडाटुर्स्की खाद्यान्न निर्यातमा संलग्न कम्पनी निबुलोनको मालिक थिए। उनले ‘हिरो अफ युक्रेन’ अवार्ड पनि पाएका थिए । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भाडाटुर्स्कीको निधनलाई ठूलो क्षति भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस