२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा बिजुली बेचेर यो वर्ष १६ अर्ब कमाउँछौँ : कुलमान घिसिङ

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतलाई बिजुली बेचेर १६ अर्ब रुपैयाँ आम्दानी गर्ने बताएका छन् ।

आज (आइतबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक घिसिङले हाल भारतबाट बिजुलीमा राम्रो मूल्य पाइरहेको बताए ।

उनले भने ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले कमाइरहेको छ । विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौँ । यो वर्ष १६ अर्ब भन्दा बढीको विद्युत् निर्यात गर्छौँ ।’ बिजुलीको व्यापार गर्न निजी क्षेत्रलाई २० वर्षपछि पनि दिन नसकिने उनले बताए ।

प्राधिकरणले ट्रान्समिसन प्रसारण लाइनको जोखिम लिने र शुल्क तिर्ने भएकाले २० वर्षपछि पनि निजी क्षेत्रलाई व्यापार गर्न दिन नसकिने उनको भनाइ छ ।

घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रसारण शुल्क बढाउँदै जान नहुने बताए । पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको उनको भनाइ छ ।

उनले भने ‘विद्युत्‌को लागि जुन जोखिम लिएका थियौँ । अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने कुरा हुँदैन । ट्रान्समिसन लागत उच्च भएको छ । ट्रान्समिसन लागत सबै प्राधिकरणले तिरेको छ । लागत कसरी कम गर्ने भन्ने विषय गम्भीर भएको छ ।’

उद्योगहरुले मागे जति विद्युत् दिन तयार रहेको भन्दै प्राधिकरणले अहिले ट्रान्समिसन र सब–स्टेसनमा लगानी बढाएको बताए । उनले विद्युत् सवारीमा प्रति किलोमिटरमा एक रुपैयाँ लागत पर्ने बताउँदै अहिले पेट्रोल डिजेलमा प्रतिकिलोमिटर २० रुपैयाँ पर्ने गरेको बताए ।

उनले भने ‘अहिले विद्युत् प्राधिकरणले ६५ प्रतिशत सिमेन्ट उद्योगमा लोड दिन सकेको छैन भनिएको छ । सबै उद्योगले विद्युत् शत प्रतिशत नै पाएको छ । कहिलेकाहीँ ट्रान्सफरमर बिग्रिँदा समस्या हुन्छ । त्यसलाई हेरेर त्यसरी प्रचार गर्नु हुँदैन । अहिले ६ सय मेगावाट क्षमताको विद्युत् स्वीकृत गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस