शर्मा पुन: अर्थमन्त्री नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शर्मा पुन: अर्थमन्त्री नियुक्त


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । जनार्दन शर्मा पुन: अर्थमन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उक्त प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठन भएपछि उनले राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस