बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य सङ्ग्रौला नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य सङ्ग्रौला नियुक्त


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य सङ्ग्रौला नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य सङ्ग्रौला नियुक्त भएको पुष्टि गरे ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सङ्ग्रौलालाई रजिस्ट्रारको जिम्मेवारी दिएका हुन् ।

प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी विवादमा परेपछि राजीनामा दिएका थिए । उनको राजीनामा गत भदौ २४ गते स्वीकृत गरैसँगै त्यसयता रजिस्ट्रार पद रिक्त थियो । सङ्ग्रौला नेपाली काँग्रेसका नेता डिला सङ्ग्रौलाका श्रीमान् हुन् ।

यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा. जगतप्रसाद नियुक्त भएका छन् । यसअघि उनी अस्पतालका सहायक निर्देशक थिए । प्रतिष्ठान सिनेट सदस्यमा डा. ज्ञानेन्द्र मल्ल र डा. स्मृति कार्की पनि मनोनीत भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस