जुम्लामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

जुम्लामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  बिहान करिव साढे ६ बजे दुर्घटना भएको हो । 

मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दीपक तिरुवा रहेका छन् । गाडी सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  

कानकासुन्दरी गाउँपालिका १ जुम्लाका ड्राइभर दलबहादुर बुढा घाइते छन् । उनलाई प्रतिष्ठान जुम्लामा ल्याइएको छ  । गाडीमा ५ जना यात्रु सवार थिए। अरू सकुशल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस