स्थानीय तहका कर्मचारीको सरुवा तयारी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तहका कर्मचारीको सरुवा तयारी 


१४ श्रावण २०७९, शनिबार


काठमाडौँ । स्थानीय तहका कर्मचारीको सरुवा तयारी थालिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ठुलो सङ्ख्यामा स्थानीय तहका कर्मचारीको काज सरुवामा जुटेको हो । 

‘एक-दुई दिन भित्रै सूची सार्वजनिक गर्ने तयारी छ’, सिंहदरवार प्रशासन स्रोतले भन्यो, ‘केही दिनदेखि नामावलीहरू मिलाउने काम भइरहेको छ’ 

यसअघि विभिन्न चरणमा गरी ठुलो सङ्ख्यामा स्थानीयका कर्मचारीको सरुवा भइसकेको छ ।

लोक सेवा आयोगको सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार दोहोरो सहमतिको आधारमा ती कर्मचारीको अन्तर स्थानीय तह सरुवा गरिएको थियो । तर, त्यसैमा पनि चलखेल भएको भन्दै विरोधका स्वरहरूसमेत सुनिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस