चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई काँग्रेस नेता सिंहको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई काँग्रेस नेता सिंहको निर्देशन


१४ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 

काँग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले सामाजिक सञ्जालदेखि समग्र गतिविधि चुनावी माहोल बनाउने गरी गर्न निर्देशन दिएका हुन्।

काँग्रेसको नेतृत्वमा भएका उपलब्धिहरूको आ-आफ्नो ठाउँबाट प्रचारप्रसार गर्न समेत उनले कार्यकर्ताहरूलाई आग्रह गरे। काँग्रेसका कार्यकर्ता भएपछि उसले गर्ने गतिविधिले पनि समाजमा काँग्रेसप्रतिको दृष्टिकोण तय हुने भन्दै नेता सिंहले सबै कार्यकर्तालाई पार्टीको अनुशासनको दायरामा रहेन सचेत गराएका छन्। 

सार्वजनिक मन्च या सामाजिक सञ्जालबाट पार्टी निर्णय भन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर भएपनि पार्टी कमजोर हुने औँल्याउँदै उनले यस्ता कार्य नगर्न आग्रह गरे। मुलुकमा देखिएका तमाम समस्याको समाधान काँग्रेसबाहेक अन्य दलले गर्न सक्दैन भन्ने तमाम राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको उनको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस