मङ्कीपक्सबाट ब्राजिल र स्पेनमा एक-एक जनाको मृत्यु « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मङ्कीपक्सबाट ब्राजिल र स्पेनमा एक-एक जनाको मृत्यु


१४ श्रावण २०७९, शनिबार


काठमाडौँ । मङ्कीपक्स भाइरस सङ्क्रमणका कारण ब्राजिलका एकजना ४१ वर्षीय पुरुषको मृत्यु भएको छ। त्यसको केहीबेरमा स्पेनले समेत सङ्क्रमणबाट पहिलो मृत्यु घोषणा गरेको छ, जुन युरोपमै पहिलो घटना हो। 

गतसाता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो। 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ती व्यक्ति लिम्फोमा भनिने एक प्रकारको क्यान्सरबाट पीडित रहेको र कमजोर प्रतिरक्षा प्रणाली, तथा एउटा भन्दा धेरै रोगले ग्रसित अवस्थामा रहेको बताएको छ। 

ब्राजिलमा अहिलेसम्म मङ्कीपक्सबाट १ हजार ६६ सङ्क्रमित पुष्टि भएका र ५१३ जना सन्दिग्ध बिरामी रहेको बताइएको छ। 

स्पेनको स्वास्थ्य मन्त्रालयले आफ्नो एउटा विवरणमा ३ हजार ७५० सङ्क्रमित जानकारीमा रहेको जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस