२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सभा सदस्य परित्याग गरेका मल्ल काँग्रेस बिपीको वरिष्ठ उपसभापति मनोनीत

अ+ अ-

 काठमाडौँ । नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका कर्ण मल्ललाई काँग्रेस बिपीले वरिष्ठ उपसभापतिमा मनोनीत गरेको छ ।

बुधबार सम्पन्न काँग्रेस बिपी काँग्रेसको केन्द्रीय पदाधिकारी बैठकले मल्ललाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिएको हो । प्रतिनिधि सभा तर्फ काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएको क्षेत्रको प्रदेश सभामा मल्ल विजयी भएका थिए ।

काँग्रेस जिल्ला अधिवेशनमा सभापतिले बल प्रयोग गरेको भन्दै उनी रुष्ट बनेका थिए । स्थानीय तहको निर्वाचनमा उनकै पहलमा डडेल्धुरामा एमाले र बिपी काँग्रेसको तालमेल भएको थियो ।

स्थानीय तहको निर्वाचनमा फरक दलसँग तालमेल गरेको भन्दै मल्ललाई पार्टीले कारबाही गरेको थियो । पार्टीबाट कारबाही झेल पनि प्रदेश सभा सदस्यबाट भने मल्लले राजीनामा दिएका थिए ।

बिपी काँग्रेसको नाममा संगठन बिस्तारमा लागेका मल्ल सहितलाई बुधबार विभिन्न पदहरूमा मनोनीत गरिएको हो । उक्त बैठकले दाङका हेमन्त बहादुर मल्ललाई महामन्त्रीमा मनोनीत गरेको छ ।

डडेल्धुराका करुणाकर भट्ट सहित १६ जनालाई केन्द्रीय सदस्यमा जिम्मेवारी तोकिएको प्रवक्ता शिव प्रसाद सिमखडाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त बैठकले नागरिकता संशोधन सम्बन्धी विधेयक खारेज गर्न र महँगी नियन्त्रण गरेर जिवीको पार्जनमा सहज बनाउन समेत माग गरेको छ ।