एसिड आक्रमणमा परेकाको उपचार सरकारले निःशुल्क गर्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एसिड आक्रमणमा परेकाको उपचार सरकारले निःशुल्क गर्ने


१४ श्रावण २०७९, शनिबार


काठमाडौँ । एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।  

आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौँको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौँको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौँको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ।

‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूको उपचार गरिने मन्त्रालयले जनाएको छ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस