प्रधानमन्त्री देउवा र विदेश मन्त्री लुबिच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री देउवा र विदेश मन्त्री लुबिच भेटवार्ता


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हतिर देउवासँग उनले भेटवार्ता गरेका हुन।

लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

ट्वीरमार्फत देउवाले निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यावाद दिएका छन् । लुले यसअघि परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस