प्रतिनिधि सभाको बैठक बस्दै , यस्तो छ कार्यसूची « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधि सभाको बैठक बस्दै , यस्तो छ कार्यसूची


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ ।

बैठक बिहान ११ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा ‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६’, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ ।

आजकै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यो विधेयक आजै पारित गर्ने कार्यसूची पनि रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस