कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत, एक किशोर पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत, एक किशोर पक्राउ


१३ श्रावण २०७९, शुक्रबार


जबर्जस्ती करणी

कैलाली । कञ्चनपुरमा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिविरमा बस्दै आएकी बालिका गत बुधबार बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।

किशोरले आफ्नै घरमा बालिकालाई बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।

बालिकाको गोप्य अङ्गबाट रगत बग्न थालेपछि उनका अभिभावकले घटनाबारे थाहा पाएका थिए ।

प्रहरीले एक दिन पछि घटनामा संलग्न रहेको आरोप लागेको व्यक्तिलाई पक्राउ गरेको हो ।

बलात्कारको आरोप लागेका किशोरलाई इलाका प्रहरी कार्यालय बेलौरीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ भने बालिकालाई उपचारको लागि महाकाली अस्पताल ल्याइएको शाहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस