नेपाल प्रहरीमा बढुवा भएका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित) « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपाल प्रहरीमा बढुवा भएका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीमा बढुवा भएका ३६ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ ।

असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका थिए ।

१ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।

सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज रेग्मीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको छ ।

मोहन कुमार थापालाई अख्तियार, काजी कुमार आचार्यलाई प्रहरी प्रधान कार्यालय स्थित अङ्गरक्षक गण र विपिन रेग्मीलाई प्रधान कार्यालयका प्रबन्ध शाखामा पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार पदस्थापनको निर्णय गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस