अमेरिकी सहायक विदेशमन्त्री लूलाई कालो झन्डा देखाउन खोज्ने विप्लवका ४ कार्यकर्ता पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अमेरिकी सहायक विदेशमन्त्री लूलाई कालो झन्डा देखाउन खोज्ने विप्लवका ४ कार्यकर्ता पक्राउ


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको नेपाल आगमनका क्रममा कालो झन्डा देखाउन खोज्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरु विप्लव नेतृत्वका कार्यकर्ता हुन् ।

सहायक विदेशमन्त्री आज (बिहीबार) अपराह्न नयाँ दिल्ली हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए ।

त्यस क्रममा उनको विरोधमा कालो झन्डा देखाउन पुगेका विप्लव कार्यकर्ता एयरपोर्टबाटै पक्राउ परेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस