निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सरकारले प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

आज (बिहीबार) प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् ।

प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर बिहीबार नै चुनावको मिति घोषणा गर्ने तयारी गरेका थिए ।

‘शेरबहादुर देउवाले हिजो मलाई फोन गरेर आजलाई बैठक राखेर चुनावको मिति घोषणा गर्ने कुरा गर्नुभएको थियो । मैले नागरिकता विधेयक पारित गरेर मात्रै चुनावको मिति घोषणा गर्नु उपयुक्त हुन्छ, पख्नुस् भनेको छु । अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्छ’ प्रेस सेन्टरका पूर्व पदाधिकारीहरुलाई प्रचण्डले सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस