गंगादेव गाउँपालिकाका इन्जिनियर डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गंगादेव गाउँपालिकाका इन्जिनियर डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मोटर बाटो निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध आज (बिहीबार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ६ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ ।

डाँगीले मोटर बाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रकम मागको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

आयोगको बुटवल र नेपालगन्जस्थित कार्यालयबाट खटिएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २४ गते नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान हुँदा उनले अरु रकम पनि हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस