काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरु गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरु गर्ने


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर सङ्कलन सुरु गर्ने जानकारी दिएको हो ।

फोहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर सङ्कलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न महानगरपालिकाले अनुरोध गरेको थियो ।

महानगरपालिकाले जारी गरेको सूचनामा लेखिए अनुसार बञ्चरेडाँडासम्म पुग्ने सडक निर्माणको काम सकिएको छ । त्यसैले आजदेखि फोहर उठाउन सुरु गरिने छ ।

एक हप्तासम्म फोहोर सङ्कलन नहुँदा काठमाडौँका चोक र सडकहरूमा फोहोर थुप्रिएको छ । ती फोहोरले दुर्गन्ध फैलिएको छ । वर्षा पनि भइरहेकाले फोहोरबाट लिचेट बगेकाले त्यसले विभिन्न रोगको संक्रमणको पनि जोखिम बढाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस