पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पाँच जना राजदूतलाई आज (बुधबार) पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित समारोहमा राजदूत डा. दुर्गाबहादुर सुवेदी‚ दानबहादुर तामाङ‚ डा. शर्मिला पराजुली (ढकाल)‚ मिलनराज तुलाधार र प्रा.डा. रामस्वार्थ रायले शपथ लिएका हुन् ।

सुवेदी जापान‚ तामाङ दक्षिण अफ्रिका‚ ढकाल स्पेन‚ तुलाधार रुस र राय डेनमार्कका लागि राजदूत नियुक्त भएका छन् ।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत उच्च पदस्थ अधिकारी समेत उपस्थित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस