श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर बस्ने म्याद थप « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर बस्ने म्याद थप


११ श्रावण २०७९, बुधबार


सिङ्गापुर । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले सिङ्गापुरमा बस्ने समयावधि बढाएका छन् ।

उनले थप १४ दिन सिङ्गापुरमै बस्ने म्याद थप गरेको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।

श्रीलङ्कामा आन्दोलनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरिदिएपछि देश छाडेर भागेका राजापाक्षले यसअघि पनि १४ दिन सिङ्गापुर बस्ने अनुमति लिएका थिए ।

उनलाई सिङ्गापुर सरकारले अतिथिको रुपमा आफ्नो देशभित्र बस्न अनुमति दिएको हो । त्यति बेला उनी माल्दीभ्सबाट सिङ्गापुर आएका थिए ।

श्रीलङ्काका प्रवक्ता बन्दुला गुनावार्डेनाले भने पूर्व राष्ट्रपति राजापाक्ष चाडै नै स्वदेश फर्किने अपेक्षा गरिएको बताएका छन् ।

श्रीलङ्काका सभामुख महिन्दा यापा अबेवार्डेनाले राजापाक्षले राजीनामा दिएको घोषणा गत जुलाई १५ मा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस