ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टियो, तीन जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टियो, तीन जना घाइते


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ।

बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिएको हो। बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो।

बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो। बस पल्‍टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले जनाएको छ। 

बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो। बस अनियन्त्रित भएर ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डिआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ। 

अहिले एक जना यात्रुसहित तीन जना घाइते छन्। उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्सी चालक हेटौँडाका  २७ वर्षीय सन्जोग घिसिङ र मोटरसाइकल चालक भक्तपुर घरका ३८ वर्षीय आशिष श्रेष्ठ छन्।

बस महालक्ष्मी नगरपालिका५ बस्ने ५० वर्षीय माइकल भन्ने नकलबहादुर महर्जनले चलाएका थिए। घाइतेमध्ये दुई जना डिस्चार्ज भइसकेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस