भोलिदेखि काठमाडौँको फोहोर उठ्ने  « प्रशासन
Logo १३ आश्विन २०७९, बिहिबार
   

भोलिदेखि काठमाडौँको फोहोर उठ्ने 


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर सङ्कलन गर्ने भएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरु गरिने भएको हो।

‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ’, महानगरद्वारा जारी सूचनामा भनिएको छ। 

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा ७ दिन फोहोर नउठाउने निर्णय गरेको थियो।

त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिलसमेत गरेको थियो । 

महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोधसमेत गरेको थियो।

अब भोलिबाट फोहोर उठाउने र ढुवानी गर्ने काम सुरु हुने महानगरले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस