नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी, ६ जना गम्भीर घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी, ६ जना गम्भीर घाइते


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । 

कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख  डिएसपी सन्तोष पाठकले जनाकारी दिए । उनका अनुसार बसमा ३१ जना जना सवार थिए ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस