छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आयोगद्वारा आवेदन माग (सूचनासहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आयोगद्वारा आवेदन माग (सूचनासहित)


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकहरूबाट आवेदन माग गरेको छ।

बुधबार सूचना प्रकाशित गरेर आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।

शैक्षिक सत्र २०२२-०२३ का लागि पाकिस्तान सरकारको पिटिएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबिबिएस, बिडिएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको छ।

एमबिबिएसमा १०, बिडिएमा एक र डि फार्मेसीमा ८ सिट संख्या छ। इच्छुक विद्यार्थीले साउन १६ भित्र अनलाइन आवेदन पेश गर्न सक्ने आयोगले जनाएको छ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस