विपक्षी दलका १९ सांसद निलम्बित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विपक्षी दलका १९ सांसद निलम्बित


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । भारतमा अधिवेशन अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साता भरका लागि निलम्बन गरिएको छ । ‘राज्य सभा’बाट विपक्षी सांसदहरूलाई निलम्बन गर्ने निर्णय भारी हृदयले लिइएको थियो ।  

मूल्यवृद्धिको विरोधमा निरन्तर संसद अवरुद्ध गरेपछि उनहरूलाई एक साताका लागि निलम्बन गरिएको बताइएको छ ।

निलम्बित सांसदले सदन नछोडेपछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो । यसअघि तल्लो सदन लोक सभाका सभामुखले संसद्का चार सदस्यलाई बर्खे अधिवेशनसम्मका लागि निलम्बित गरेका थिए । सभामुखको चेतावनीबीच सदनभित्र प्लेकार्ड देखाएको आरोपमा उनीहरू निलम्बित भएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस