सिसिटिभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सिसिटिभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सिसिटिभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले आफू मातहतका आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

आज (मंगलबार) गृहसचिवस्तरको निर्णयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सिसिटिभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो ।

मन्त्रालयले तीन महिनासम्म गृहको सिसिटिभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ ।

मन्त्रालयले सिंहदरबार क्षेत्रको सिसिटिभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ ।

सिंहदरबारभित्रको सिसिटिभीको निरीक्षणरअनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रस्ट पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस