सिसिटिभी फुटेजमाथि विश्लेषण गर्न विज्ञहरुसहित समितिको अर्को बैठक सुरु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सिसिटिभी फुटेजमाथि विश्लेषण गर्न विज्ञहरुसहित समितिको अर्को बैठक सुरु


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । अर्थ मन्त्रालयको सिसिटिभी फुटेजमाथि विश्लेषण गर्न संसदीय छानबिन समितिको अर्को बैठक सुरु भएको छ ।

बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरु पनि सहभागी छन् ।

बिहान बसेको समिति बैठकले फुटेजमा देखिएका दृश्यहरु प्रस्ट नभएकाले प्रयोगशालाका विज्ञहरुलाई बोलाउने निर्णय गरेको थियो । सोहीबमोजिम अहिले विज्ञहरुसँग छलफल गर्न लागिएको हो । विज्ञहरु छलफलका लागि सिंहदरबार आइसकेका छन् ।

प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटिभीबाट डिलिट भएको फुटेज रिकभर गरेर समितिलाई उपलब्ध गराइसकेको छ । सो फुटेजमा १४ गते रातको दृश्य पनि समावेश छ, जुन दिन अर्थ मन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको थियो ।

तर, उक्त दृश्यमा मानिसहरुको पहिचान हुन नसकेको समिति सदस्यहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस