सांसदलाई मास्क लगाउन सभामुख सापकोटाको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसदलाई मास्क लगाउन सभामुख सापकोटाको निर्देशन


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना सङ्क्रमितको संख्या बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् ।

आज (मंगलबार)को बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् ।

‘कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय सदस्यहरुलाई विदितै छ र संसद् बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनु र मास्क प्रयोग गर्न हुन आग्रह गर्दछु,’ सापकोटाले भने ।

पछिल्लो समयमा दैनिक रूपमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्रै ५ सय ६८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । सोमबार काठमाडौँ जिल्लामा मात्र २ सय ४२ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या १ हजार ९ सय ७६ पुगेको छ ।

त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ३६ जना सङ्क्रमित थपिएका छन् । भक्तपुरमा सक्रिय सङ्क्रमितको संख्या १ सय २ र ललितपुरमा ३ सय ४१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस