स्पेन, रुसी महासंघ र डेनमार्कका लागि नेपाली राजदूत नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्पेन, रुसी महासंघ र डेनमार्कका लागि नेपाली राजदूत नियुक्त


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।

स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासङ्घमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा.डा.रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् ।

मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेपछि उनीहरूको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस