भदौ १ बाट ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भदौ १ बाट ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ। आगामी भदौ १ गतेबाट पातलो प्लास्टिकको झोला प्रयोग गर्न नपाइने भएको छ । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रयोगमा प्रतिबन्ध लगाउने भएको हो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले एक सूचना प्रकाशित गर्दै भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने जनाएको छ ।

सरकारको निर्णय विपरीत ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोग, उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

यसअघि पनि सरकारले प्लास्टिकको झोलाको प्रयोग प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस