पहिरोले कर्णाली राजमार्ग अवरुद्ध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । पहिरोका कारण सुर्खेत-जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरू बीचमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।

पाण्डेका अनुसार अस्थायी प्रहरी पोष्ट हुम्ला कालिकोटबाट प्रहरीको टोली र स्थानीयको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस