करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा सोमबार साँझ करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खड्क नगरपालिका वडा नम्बर ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि मोटर, पम्पसेटलगायतबाट सिँचाइ गर्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस