बालेन र पर्यटन मन्त्री श्रेष्ठबिच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालेन र पर्यटन मन्त्री श्रेष्ठबिच भेटवार्ता


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले भेट गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड-१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्य योजनामा महानगरपालिकासँग सहकार्य गरिने बताएका छन्।

काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना रहेको बताउँदै मन्त्री श्रेष्ठले काठमाडौँका स्थानीय सरकारहरूको सहयोग आवश्यक रहेको बताए । साथै उनले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर र हनुमान ढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको बताए।

मन्त्री श्रेष्ठले पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको बताए। महानगरपालिकाले खुला पार्क निर्माण तथा सम्पदा संरक्षण र संवर्द्धन गरी ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस