बजेट प्रकरण : ४ घण्टा बसेर संसदीय छानबिन समितिको बैठक सकियो, भोलि फेरि बस्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बजेट प्रकरण : ४ घण्टा बसेर संसदीय छानबिन समितिको बैठक सकियो, भोलि फेरि बस्ने


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको आज (सोमबार)का लागि बोलाइएको बैठक सकिएको छ ।

बिहान ८ बजेदेखि बसेको बैठक साढे ४ घण्टा बसेर भावी दिनमा कसरी काम गर्ने भनेर रणनीति बनाएर सकिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

सचिव अर्यालले भोलि (मंगलबार) बिहान ८ बजे पुनः समितिको बैठक बस्ने निर्णय भएको समेत बताए । यस्तै, आज बसेको बैठकमा सामान्य छलफल भएको र कोहीसँग पनि बयान नलिइएको उनको भनाइ छ ।

‘आजको बैठकले भावी दिनमा कसरी अघि बढ्ने भनेर छलफल भयो,’ अर्यालले भने, ‘समितिलाई प्रतिनिधि सभाले दिएको समय भित्रै प्रतिवेदन लेखन सक्नुपर्ने विषयमा समेत छलफल भएको छ ।’

१० दिनको कार्य अवधि पाएर गठन भएको ११ सदस्यीय समितिले थप ७ दिनको समय पाएको छ । जसमध्ये अब जम्मा ३ दिन मात्रै बाँकी छ । यस अवधिमा समितिले प्रतिवेदन तयार पारेर प्रतिनिधि सभामा बुझाउनुपर्ने छ । तर, अहिलेसम्म अर्थमन्त्री शर्मामाथि लागेको आरोप पुष्टि हुने कुनै प्रमाण फेला पर्न सकेको छैन ।

यस्तै, समितिले गृह मन्त्रालयलाई सिंहदरबार छिर्ने दुईतर्फको गेटमा राखिएको सिसिटिभी फुटेज मगाएको छ । समितिले गृह मन्त्रालयमा पत्र लेख्दै यथाशीघ्र फुटेज उपलब्ध गराउन भने पनि अहिलेसम्म पाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस