वर्तमान गठबन्धनलाई कसिलो बनाउँदै विचार मिल्नेहरूसँग एकताको प्रयास भइरहेको छ : प्रचण्ड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वर्तमान गठबन्धनलाई कसिलो बनाउँदै विचार मिल्नेहरूसँग एकताको प्रयास भइरहेको छ : प्रचण्ड


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र सङ्घको निर्वाचनमा विचार मिल्नेहरूसँग एकता सम्भव बनाउने गृहकार्य भइरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनलाई समेत कसिलो बनाउँदै विचार मिल्नेहरूबीच सहकार्यका निम्ति प्रयास भइरहेको बताएका हुन्।

उनले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै यस प्रणालीलाई परिमार्जन गर्ने गरी बहस अघि बढाइनुपर्ने बताए। 

निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत दलहरूसँग छलफल गरिने उनले बताए।

प्रचण्डले माओवादी केन्द्र बलियो नभएसम्म उत्पीडित वर्ग र समुदायको उत्थान नहुने जिकिर गरेका छन्। उनले, आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस