कुवेतमा नयाँ प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुवेतमा नयाँ प्रधानमन्त्री


९ श्रावण २०७९, सोमबार


कुवेत सिटी । कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराएका हुन् ।

कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत शनिबार गराएका छन् ।

कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार यहाँको संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउने छ ।

नवनियुक्त प्रधानमन्त्री र उनको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ ।

सोही बमोजिम सोमबार उक्त सभाबाट उनीहरुको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले जानकारी दिएको छ ।

यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मे मा दिएको राजीनामा कुवेतका अमिरले स्वीकृत गरेका थिए । उक्त मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल–अहमद अल–सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहेका थिए ।

सन् १९५६ मा जन्मिएका नवनियुक्त प्रधानमन्त्री कुवेतका अमिर नवाफ अल–अहमद अल जाबिर अल–सबाहका कान्छा छोरा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस