ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । ललितपुरको बालकुमारी खरीबोटमा आज (आइतबार) बिहान जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार ललितपुरको धोबिघाट बस्ने २३ वर्षीया शकुन्तला घर्ती घाइते भएकी छन् । उनको बी एण्ड बी अस्पतालमा उपचार जारी छ ।

ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको थियो । दुर्घटनापछि जिप सहित फरार भएका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस