काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुनेछ । १२औँ अधिवेशनको ४०औँ बैठक बस्न लागेको हो ।
आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९’ लाई सभा समक्ष टेबल गर्नेछन् ।
फुयाँलले नै राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
कार्यसूची !
