वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान हुन्छ : मन्त्री कुँवर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान हुन्छ : मन्त्री कुँवर


८ श्रावण २०७९, आइतबार


गोदावरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेको बताए । उनले आफूले ती झन्झटको समाधान गर्न पहल गर्ने विश्वास दिलाए ।

विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताए ।

धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र भएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले नयाँ गृहकार्य अघि बढाइरहेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस